बुटवल । बुटवल उपमहानगरपालिका शिक्षा विभाग प्रमुख लोकराज पन्थीले अव विद्यालयले नतिजा प्रकाशनको प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।
नेपालको शिक्षा पद्धति नै हाल ग्रेडिङ्ग प्रणालीमा गएको भन्दै उनले सोही अनुसार नै नतिजा प्रकाशन गर्नुपर्ने र कुनै पनि विद्यार्थी प्रथम, द्वितिय, तृतिय गरी विभाजन गर्दा अन्य विद्यार्थीहरुमा मनोविज्ञानिक असर पर्ने भएकोले यसमा ख्याल गर्न आग्रह गरेका हुन् ।
बुटवल ३ गोलापार्कमा रहेको समित अंग्रेजी आवासीय माविको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपसचिव पन्थीले समय अनुसार नै नतिजा प्राणालीमा सुधार गर्नुपर्ने धारणा राखेका हुन ।
कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष राजारमणप्रसाद अग्रहरी, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष गोपाल खनाल, प्रबन्ध निर्देशक यज्ञप्रसाद दिक्षित, विद्यालयका प्रअ राजेन्द्रप्रसाद श्रीवास्तव, सह प्रअ टंकप्रसाद रेग्मी, शिक्षक रामचन्द्र पोख्रेल, गोमा गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयबाट प्रथम स्थान प्राप्त गरेका प्रज्जवल गिरीलाई विशेष पुरस्कारसहित सम्मान गरिएको शिक्षक मनोज गौतमले जानकारी दिए ।
।