सूचनाको शक्ति - The Power Of Information

        

बालकृष्ण ढुंगेलको रिहाई माग गर्दै उज्जनको शालिक तोडफोड

रामेछाप । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ स्थित अरुणदय माविको हाताभित्र निर्मित श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गर्नुको साथै ढलाएका छन् ।
स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’ जस्ता नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेका हुन् ।
जनयुद्धकालिन मुद्दा व्युताएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालय हाताभित्र मनोमानी ढङ्गले शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा बिदेशी डलर ल्याएकोले तोडफोड गर्नुपरेको नेकपाले जनाएको छ ।
श्रेष्ठको शालिक तोडफोड भएको थाहा पाएपछि गाउँहरुले घरघरबाट ताली बजाएको निस्किएको बताइएको छ । शालिकको केही दिन पहिलेमात्रै अनावरण गरिएको थियो । गिरफ्तार गर्नुअघि बालकृष्णले श्रेष्ठको शालिक ढलाएरै छोड्ने बताएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १२:०३