सूचनाको शक्ति - The Power Of Information

        

कृषि मन्त्रीद्वारा गहुवाली अनुसन्धान र मत्यविकास केन्द्र निरिक्षण


बुटवल । प्रदेश नम्बर ५ की भूमि व्यस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले रुपन्देहीका दुई वटा सरकारी स्तारका फर्मको अवलोकन गरेकी छिन् ।
उनले रुपन्देहीको भैरहवामा रहेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगत रहेको राष्ट्रिय गहुँवाली अनुसन्धान केन्द्र र सोही स्थानमा रहेको मत्स्य विकास केन्द्रको बुधबार अवालेकन गरेकी हुन् ।
अवलोकन पश्चात मन्त्री पौडेलले किसानहरुको सेवामा सधैं तत्पर रहन मातहतका कर्मचारीहरुलाई निर्देशनसमेत दिएकी छिन् । मन्त्री पौडेलको स्वागतमा राष्ट्रिय गहुँवाली अनुसन्धान केनाद्र भैरहवा रूपन्देहीको प्रमुख केशरमणी उपाध्यायले कार्यालयको काम, भैरहेको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
उनले प्याथोलोजी ल्याव, स्वाइल ल्याव, सिड प्रोसेसिङ्ग मेसिन, बिऊ भण्डार गृह लगायतका विभागहरुको अवलोकन समेत गराएका थिए । यस्तै मन्त्री पौडेलले गहुँ अनुसन्धान परिक्षणहरू समेत अवलोकन गरेकी थिइन् । त्यस पश्चात मन्त्री पौडेलले भैरहवमा रहेको मत्स्य बिकास केन्द्रको निरिक्षण गरेकी छिन् ।
भैरहवाको प्रमुख महेशचन्द्र गुप्तले कार्यालयले गर्दै आएको विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए । मन्त्री पौडेलले माउ माछाको खोर, माछाको अण्डा उत्पादन क्षेत्र, माछाका भुरा उत्पादन क्षेत्रका साथै विभिन्न माछा पोखरीको समेत अवलोकन गरेकी हुन् ।
अवलकोन पश्चात बोल्दै मन्त्री पौडेलले देश अहिले समृद्धिको संघारमा रहेको भन्दै आआफ्नो क्षेत्रबाट किसानहरुलाई प्रत्यक्षरुपमा लाभ पुग्ने विषयमा मन्त्रालयको सधैं सहयोग रहेको भन्दै सोही अनुसार कार्य गर्न मातहतका कर्मचारीहरुलाई आग्रहसमेत गरेकी थिइन् ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०७:०८