सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय भवन पुनर्निर्माण का लागि सवा करोड सहयोग

x'/Latf;n] ljBfnosf] 5fgf] p8fof] DofUbLsf] elsDnL–@ df /x]sf] d;'ª8f]n] cfwf/e't ljBfnosf] 5fgf] laxLaf/sf] x'/Latf;n] p8fpFbf k7gkf7gdf ;d:of ePsf] 5 . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

बाबियाचौर। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनर्निर्माण लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ । विद्यालयको ५०औँ स्थापना दिवसका अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिकालगायत देशमा रहेका पूर्व विद्यार्थीले रु एक करोड २५ लाख जुटाएका हुन् ।

बेगखोला कल्याणकारी समाजको पहलमा संकलन भएको उक्त रकम वैशाख १ गते स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने आज बेनीमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगकुमार फगामीले जानकारी दिए। विसं २०२५ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधासम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सहयोग संकलन अभियान सञ्चालन गरेको समाजका हङ्कङ अध्यक्ष गिरी शेरपुञ्जाले बताउनुभयो । हङ्कङबाट हालसम्म रु ३६ लाख ५० हजार सहयोग जुटिसकेको बताउँदै शेरपुञ्जाले अभियान जारी रहेको जानकारी गराए ।

सहयोग संकलन अभियानका बेलायत संयोजक नक्कु पुर्जाले कक्षा कोठा, कम्प्यूटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षका लागि भवन निर्माण गर्न चन्दा दाताले सहयोग घोषणा गरेको बताउनुभयो । विद्यालयका पूर्व प्रअ दूतबहादुर गर्बुजाका अनुसार कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत छन् । वैशाख १ र २ गते मनाइने स्वर्ण जयन्ती समारोहको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रममा जानकारी गराइएको थियो । -रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०६:२७