सूचनाको शक्ति - The Power Of Information

        

महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं ।नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गरे ।

दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार समालेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि पदबाट अवकाश पाउनुभएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०६:०५