सूचनाको शक्ति - The Power Of Information

        

राजश्व छलेर  दिल्लीबाट ल्याएको ११२ थान मोबाइल बरामद

काठमाडौं । दिल्लीबाट राजश्व छली गरि ल्याएका ११२ थान मोबाइलसहित चार जनालाई महानगरीय प्रहरी परिसर, काठमाडौँले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले मोबाइलसहित रामेछापका कृष्ण थापा मगर, सिन्धुलीका भुवनबहादुर भुजेल, दोलखाका हरिबहादुर श्रेष्ठ र संखुवासभाका तिलक श्रेष्ठलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले भारतबाट काठमाडौँ आउँदै गरेको बा५ख १२३५ नं को बस जाँचका क्रममा ती मोबाइल फेला परेको जानकारी दिए ।अनुसन्धानका क्रममा संखुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने सुमिता श्रेष्ठको डेरामा लुकाई राखिएका १८ थान मोबाइल बरामद गरिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार २३:३०