सूचनाको शक्ति - The Power Of Information

        

बुटवल उद्योग वाणिज्य संघ उत्कृष्ठ

बुटवल । काठमाण्डौमा आयोजित बुधबार भएको बिशेष कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ उत्कृष्ठ उद्योग वाणिज्य संघका रुपमा सम्मानित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५२ औ बार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवशका अवसरमा संघको आयआर्जन र भौतिक संरचना बिकासको क्षेत्रमा देशभरका उद्योग वाणिज्य संघहरु मध्येबाट बुटवल उत्कृष्ठ भएको छ ।
कार्यक्रममा प्रधानमन्त्रि केपी शर्मा ओलीले संघका अध्यक्ष खिम बहादुर हमाललाई सम्मान पत्रबाट सम्मान गरेका थिए । बुटवल उत्कृष्ठ भईरहदा सिन्धुपाल्चोक दोश्रो र पर्वत तेश्रो भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार २३:०९