सूचनाको शक्ति - The Power Of Information

        

एडीबीको प्रक्षेपित विश्लेषण : सार्क अर्थतन्त्रमा नेपालको अवस्था दयनीय


काठमाडौं । एशियाली विकास बैंकले सन् २०१९ सम्मका लागि एशियाली देशहरुको आर्थिक वृद्धि तथा मुद्रास्फिति दर लगायतका प्रमुख आर्थिक सूचकहरुको प्रक्षेपित विश्लेषण सार्वजनिक गरेको छ ।
यस क्रममा एडीबीले सार्क सदस्य राष्ट्र (दक्षिण एशियाली देश)हरुको संभावित आर्थिक वृद्धिदर र महंगी दर समेत सार्वजनिक गरेको छ । एडीबीको प्रक्षेपण अनुसार सन् २०१८ मा सार्क सदस्य राष्ट्रमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर भारतले हासिल गर्नसक्छ ।
भारतले यो वर्ष ७.३ प्रतिशतको वृद्धिदर हासिल गर्नसक्ने एडीबीको प्रक्षेपण रहेको छ । भारतपछि भूटानको वृद्धिदर ७.१ प्रतिशत हुने अनुमान गरिएको छ । नेपालको प्रक्षेपित वृद्धिदर श्रीलंका र अफगानिस्तान भन्दा मात्र अगाडि छ, अरु सबै नेपालभन्दा अगाडि हुने देखिएको एडीबीको रिपोर्टमा उल्लेख छ ।
सन् २०१९ मा समेत भारतले सबैभन्दा धेरै ७.६ प्रतिशतको वृद्धि हासिल गर्ने र उसलाई ७.४ प्रतिशतको वृद्धिदरसहित भूटानले पछ्याउने एडीबीको प्रक्षेपण छ । यो वर्ष बंगलादेशको वृद्धिदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । बंगलादेशका लागि सन् २०१८ को वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरिएको छ ।
सन् २०१८ मा सबैभन्दा बढी मुद्रास्फिति बंगलादेशमा ६ प्रतिशत हुने र त्यसपछि नेपालमा ५.५ प्रतिशत हुने उल्लेख छ । सन् २०१९ मा पनि बंगलादेश र नेपालले नै मुद्रास्फितिमा अग्रता लिने बताइएको छ । एडीबीको प्रक्षेपणमा कसको आर्थिक वृद्धिदर र मुद्रास्फिति दर सन् २०१९ सम्म कस्तो होला ?

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १२:०६