सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीको मुख्य न्यायाधिवक्तामा विद्याभूषण मानन्धर नियुक्त

सुर्खेत कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो ।

मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा काम गर्ने छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार ११:३६