सूचनाको शक्ति - The Power Of Information

        

नयाँ भर्ना शुल्क त्रिविबाट निर्धारण 

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ । त्रि.विले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडीरएमएस’एमडीएस)को अध्ययनका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको हो । नयाँ भर्ना शुल्क अन्तर्गत त्रि.विले क्लिनिकल तर्फको एमडीर एमएस र एमडीएस तर्फको लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
त्यसैगरी, बेसिक साइन्स तर्फका विषयहरुको अधिकतम शुल्क १० लाख निर्धारण गरेको छ । यस अघि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडीरएमएस’एमडीएस)को शुल्क २३ लाख हुनुपर्ने माग राख्दै आएका थिए ।
त्रि. वि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को फ्याकल्टी बोर्डको बैठकले एमडीएमएसरएमडीएसको शुल्क २३ लाख र्पुयाउन सिफारिस गर्दै आएका थिए । त्रिवि कार्यकारी परिषद्को वैठकले विशेषज्ञ अध्ययनको शुल्क २२ लाख कायम गरेसंगै यो रकममा थप एक लाख कम भएको छ । एमडीएमएस तहको शुल्क निर्धारण भएसंगै त्रिविले नयाँ भर्ना प्रक्रिया शुरु गर्न सम्बन्धित मेडिकल कलेजहरुलाई पत्र पठाइसकेको छ । त्रिवि अन्तर्गत एमडीएम र एमडीएस अध्ययन हुने कलेजहरुमा हाल महाराजगञ्ज मेडिकल क्याम्पस, किष्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, वीरगञ्ज, यूनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज, पोखरा, पिपुल्स डेन्टल कलेज, काठमाडौ लगायत रहेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १०:४८