सूचनाको शक्ति - The Power Of Information

        

चैते झरीले एक करोडको काँचो इँटामा क्षति


बाँके । बाँकेमा सोमबार परेको भारी वर्षाले यहाँका विभिन्न इँटाभट्टाका करीब रु एक करोड बराबरको काँचो इँटा नोक्सान भएको छ । गर्मी चढ्न लागेका बेला परेको पानीले शीतलताको अनुभूति भए पनि बाली पाकेर भित्र्याउन लागेका किसानलाई पनि ठूलै मर्का परेको छ ।
झरीले काटेर खेतमा राखेको गहुँ बालीलाई सबैभन्दा बढी क्षति भएको कृषि कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए । अधिकांश किसानका चना, केराउ र मसुरोलगायत नगदेबाली पनि खेतमा भिजेर नोक्सान भएको छ । बेमौसमी तरकारी र मकैबालीलाई भने पानीले फाइदा पु¥याउने कृषि कार्यालयका प्रमुख बस्नेतको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०४:४२