रुपन्देही । धार्मिक संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी धर्मगुरुप्रति गरिएको आक्रमणको भत्सना गरेका छन् । विज्ञप्तिमा ०७४ साल चैत्र २४ गते राती हिन्दु राष्ट्रका अभियान्ता युवा सन्त श्रीनिवासाचार्यमाथि अज्ञात समुहले ज्यान मार्ने उद्देश्यले गरेको गोली प्रहारप्रतिको विरोध गरिएको छ । उनिहरुले अभियुक्तलाइ अबिलम्ब पत्तालगाइ हदैसम्मको कारवाही गर्न समेत सरकार समक्ष माग पनि गरेका छन् ।
उता केहिदिन यता उठेको गाईको विषयमा – वहुसंख्यक हिन्दूधर्मावलम्बीहरुले पुज्ने तथा राष्ट्रिय जनावर गाईको विषयमा वुटवल उप–महानगरपालिको मिलेमतोमा भएको गाईको तस्करीको छानविन हुनुपर्ने माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ । गाई तस्करलाईलाई कावर्ही हुनुपर्ने र गाईको दिगो व्यवस्थापनको लागि उप–महानगरपालिकाले दिगो व्यवथपन गर्नुपर्ने छ । माग गरिएको मागलाई वेवास्ता भए कडा भन्दा कडा कदम चाल्ने कुराको उल्लेल गरिएको विज्ञप्तिमा विभिन्न संघसंस्था तथा ३० जनाको संयुक्त हस्तक्षर गरिएको छ । अहिले मिलनचोक नजिकै थुनेर राखेको गाई तथा गोरु भएको ठाँउमा गोव्रतियोगी सोमरज महारजले गाईको दिगो व्यवस्थापनको माग तथा पहिले पहिले लगिएको गाई कहाँ छ भन्ने अनुसन्धानको लागि सहयोग गर्न भन्दै धर्ना बसेका छन् ।
।