बुटवल। विद्युतीय सुरक्षा दिवस २०७४ को अवसरमा वृहत जनचेतामुलक रयाली तथा अन्तरक्रिया कार्यक्रम भयो । नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्र, बुटवल ग्रिड महाशाखा, लुम्बिनी १३२ केभि प्रशारण लाईन आयोजना, वितरण प्रणाली सुदृणिकरण आयोजना, बुटवल टेक्निकल ईस्टिच्युट, बुटवल उपमहानगरपालिका, कालिका मावि र नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ, कर्मचारी संगठनको उत्साहपूर्ण सहभागितामा रहेको थियो ।
बुटवल क्षेत्रिय कार्यालय परिसरबाट शुरु भएको रयालीले नगरको विभिन्न चोकहरु परिक्रममा गरेर पुनः कार्यालयमा आएर सभामा परिणत भएको थियो । रयालीमा सहभागिहरुले ‘विद्युतिय दुर्घटना संयोग होईन–सुरक्षाप्रतिको ब्यवस्था हो ।’,‘ विद्युतिय चोरी दण्डदिय अपराध हो ।’,‘ विद्युतिय संरचना नछोऔ ।’, ‘विद्युत चोरी भेटेमा विद्युत कार्यालयमा खबर गरौ ।’, ‘विद्युत चोरी नगरौ, दुर्घटनाबाट बचौ ।’, ‘रुखको हागाले विद्युतिय संरचना छुन नदियौ ।’ लेखिएका प्लेकार्ड सहित नगर परिक्रममा गरेका थिए ।
रयालीपछि भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बुटवल क्षेत्रिय कार्यालयका निमित्त प्रमुख युवराज आचार्यले विद्युत सुरक्षाका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए । कर्मचारीहरुमा सामान्य लापरवाहीले पनि ज्यान जानसक्ने भएकाले पनि आवश्यक सुरक्षालाई प्रयोग गर्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी क्षेत्रिय समितिका अध्यक्ष कल्पना थापा लगायतले कर्मचारीहरुको सुरक्षाप्रति सरकारले चासो दिएर योजनाहरु ल्याउनुपर्ने सुझाव दिएका थिए । निक्कै जोखिमका रुपमा रहेका कर्मचारीहरु नै सचेत हुन जरुरी रहेको समेत उनले बताईन । गुणस्तरीय सामाग्री प्रयोग र विद्युतीय सुरक्षा अप्नाउन सके धेरै मात्रामा सुरक्षित हुने समेत उनले दाबी गरिन ।
कार्यक्रममा कर्मचारी संघका सचिव रोहित भण्डारी, कर्मचारी संगठनका सचिव टेक बहादुर बुढा, सहायक निर्देशक खिमानन्द चौधरी, बुटवल वितरण केन्द्रका प्रमुख सञ्जय कुमार मिश्र, बुटवल ग्रिड महाशाखाका प्रमुख श्रीराम पोखरेल, कालिका माविका सहायक प्रअ पिताम्बर बञ्जाडे, माविका ईन्जिनियर शंकर भुषालले विद्युतिय दुर्घटना न्युनीकरणका लागि सचेतना जगाउने कार्यक्रम प्रभावकारी हुने भन्दै यसका लागि सबै सरोकारवालाहरु एक भएर कार्यक्रमहरु गर्नुपर्ने सुझाव दिएका थिए ।
।