सूचनाको शक्ति - The Power Of Information

        

बजारमा हुवावेको नयाँ फोन

काठमाण्डौ । हुवावेले अप्रिलमा क्वाड क्यामरायुक्त मिड रेन्ज फोन ’वाइ नाइन’ सार्वजनिक गर्ने भएको छ। १३ मेगापिक्सल र २ मेगा पिक्सलको दुईवटा रेयर क्यामेरा र १६ र २ मेगा पिक्सेलका दुईवटा फ्रन्ट क्यामेरायुक्त वाइ नाइनमा टोनिङ फ्ल्यास सहितको एफ २.०को एपचर समावेश गरिएको छ। ग्राहवर्गको फोटोप्रतिको रुचि र आवस्यकतालाई प्राथमिकता दिने उद्देश्यले फोनमा टोनिङ फ्ल्यास राखिएको कम्पनीले जनाएको छ। यसको मूल्य २५ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
फोनको रेयर र ब्याक क्यामरामा ब्यूटी मोड, पोट्रेड मोड, बोके इफेक्ट, मुभिङ फोटो लगायतका आकर्षक सुविधा रहेको कमपनीले जनाएको छ। स्मार्ट फेस रिकग्निसन फिचर भएको वाइ नाइनमा मानिसको लिङ्ग र छालाको पहिचान गरी फोटोमा उत्कृष्ट देखाउन मद्दत गर्ने पनि कम्पनीले उल्लेख गरेको छ । स्मार्ट फेस रेकग्निशन फिचर मानव अनुहारको अनुसन्धानबाट विकसित गरिएको कम्पनीले जनाएको छ ।
वाइ नाइनको डिस्प्ले नोभा टुआइसँग मिल्दो रहेको कम्पिनीले जनाएको छ। कम्पनीका अनुसार इएमयुआइ ८.० युक्त वाइ नाइनमा ग्राहकले २ सय ६५ जिबी मेमोरी थप गर्न सक्नेछन् । चार हजार एमएएच पावरको ब्याट्रीयुक्त वाइ नाइनमा ट्रिपल स्लट डुअल सिम फिचरका साथै मेमोरी कार्डको लागि छुट्टै स्लट रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १७:५८