सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी निर्माण व्यवसायीको चुनाव, अध्यक्षमा गणेश शर्मा भर्सज दामोदर शर्मा

लुम्बिनी । निमार्ण व्यावसायी संघको भैरहवामा चैत २३ र २४ गते हुने ११ औ अधिबेशन तथा २५ साधारण सभाका लागि संयुक्त प्यानल घोषणा भएको छ । अध्यक्ष गणेश शर्माको नेतृत्वमा प्यानल घोषणा भएको छ । उपाध्यक्ष कृष्ण पन्थी, उपाध्यक्ष विश्वप्रकास श्रेष्ठ, महासचिव त्रिभुवनदत्त पुन, सचिव दिपक पाण्डे, कोषाध्यक्ष सागर भुषाल र सह–कोषाध्यक्ष नारायण पौडेलले पत्रकार सम्मेलन गरि चुनाब बारे जानकारी दिए । आसन्न साधारण सभा तथा अधिबेसनको पूर्व सन्ध्यामा पूर्व अध्यक्षसहितको साथले प्यानलको जित सुनिश्चत भएको अध्यक्षका दाबेदार गणेश शर्माले बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रुद्र शर्माले राज्यसंग नितिगत रुपमा अधिकारका लागि पहल गर्ने बताए । जिल्ला अध्यक्ष टोप बहादुर रायमाझीले नया“ नेतृत्वले संस्थागत विकास गर्दै थप उचाईमा लैजाने बताए । बुटवल उपमहानगरपालिका भलवारीदेखी उत्तरका रहेका १ सय २७ जना शाखामा व्यवसायीहरु रहेका छन । कार्यक्रममा संस्थाका उज्जवल घिमिरे, जिल्लाका संस्थापक अध्यक्ष भिम बहादुर श्रेष्ठले बोल्दै राज्यको ७० प्रतिशत विकास बजेट खर्च गर्ने अरबौ रुपैया सरकारले भुक्तानी नगर्दा समस्या भएको गुनासो गरेका थिए ।
लुम्बिनी निमार्ण व्यावसायी संघको भैरहवामा हुने ११ औ अधिबेशन तथा १५ साधारण सभाका लागी दामोदर शर्माको अध्यक्षतामा अर्को संयुक्त प्यानल घोषणा गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गरि प्यानलले घोषणा गराएकोे हो । शर्मा वतर्मान कार्यसमितिमा कोषाध्यक्ष हुन । यसैगरि आगामी कार्यकालका लागी उपाध्यक्ष पदमा कृष्ण पन्थी, उपाध्यक्ष दिपक शाही, महासचिव बिनय ज्ञवाली, सचिव प्रयास खड्का, कोषाध्यक्ष प्रितम रौनियार, सहकोषाध्यक्ष रोशन खनालको पयानल घोषणा गरेको हो । स्थापित संस्थाका रुपमा रहेको निर्माण व्यावसायीहरुको यो संस्थामा आफनो क्षमता र कामको आधारमा नेतृत्वका लागि उम्मेदबारी दिएको निवर्तमान अध्यक्ष बलराम शर्माले बताए । सहमतिको अन्तिम समयसम्म लाग्ने र त्यो नभए लोकतान्त्रिक अभ्यासका लागि तयार रहने समेत उनले बताए । संस्थापक अध्यक्ष भिम बहादुर श्रेष्ठले व्यवसायीक हितमा काम गर्ने प्रतिवदतासहित मैदानमा आउनुपर्ने बताए । क्षेत्रगत रुपमा भैरहवा र बुटवलको सोच नबनाई सबैलाई समेटनु पर्ने बताए । जिल्लामा करीव ३ सय व्यवसायी रहेका छन ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १६:५३