सूचनाको शक्ति - The Power Of Information

        

८० भन्दा बढीलाई एनआईसि एसियामा जागीर

काठमाडौं । बैंकिङ जागिरको खोजिमा रहेकाको लागी एनआईसी एसियामा जागीर खुलेको छ रु एनआईसी एसिया बैंकले विभिन्न तहका लागि ८० भन्दा बढीलाई जागिर दिने भएको छ ।
बैंकले सहायक प्रवन्धकदेखि सहायकसम्मका लागि विभिन्न तहका लागि सोमबार जागिर खुलाएको छ । वैशाखको पहिलो सातासम्म आफनो आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकले सहायक प्रवन्धक १०, वरिष्ठ अधिकृत ३०, बजार अधिकृत ५, मार्केटिङ एजिक्युटिभ २५ र कार्यालय सहायकलाई भर्ना खुलाएको छ । यस्तै शाखा प्रवन्धक, सहायक प्रवन्धक, जुनियर अफिसर केही संख्यालाई मागेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ०८:१४