सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश राजधानी बुटवलमा, अग्नी नियन्त्रण संयन्त्र कमजोर

-गत माघ ४ गते बुटवल–२ मैनामगरस्थित बिहार च्याम्पियन टायर पसलमा विद्युत सर्ट भएर आगलागी १ लाख नगदसहित ३० लाख मूल्य बराबरका टायर जलेर नष्ट ।
-फागुन २ गते बुटवल–संगमपथमा रहेको शुभ गौतम इन्टरप्राइजेमा आगलागी ३ करोड रूपैया“ बराबरको धनमाल जलेर नष्ट ।
-चैत १५ गते राति बुटवल होराइजन चोकस्थित महाकाली इन्डष्ट्रिज प्रा.लि.मा आगलागी ८० लाख रूपैया“को धनमाल जलेर नष्ट ।
-चैत २५ गते बुटवलको भाटभटेनी सुपर स्टोर्समा आगलागी, १ करोड रुपैया“ बराबरको क्षती ।

 

यि उदाहरण यो बर्ष गर्मीयाम सुरु नहुदै बुटवल आसपासमा भएका आगलागीको घटनाहरुको केही प्रतिनिधि विवरण मात्रै हो । यो बर्षको गर्मीयाम सुरु हुन लागेको छ । तर देशकै उत्कृष्ठ उप–महानगरपालिकाको पहिचान बनाएको बुटवल उपमहानगपालिकामा आगलागी नियन्णको संयन्त्र कमजोर देखिएको छ ।
बुटवल उद्योग बणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद अर्यालले आईतबार विहान करिव १० बजे सामाजिक सञ्जालमा एउटा स्टाटस पोष्ट गरे जुन यस्तो थियो –‘बुटवल उपमहानगर विपत ब्यबस्थापनमा कमजोर देखियो, संगमपथको आगलागिमा देखिएको कमजोरी भाटभटेनी पुग्दा पनि सुधार भएको देखिएन सेना , प्रहरी र दमकल बिच समन्वय खड्कियो ।’
उनले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार नै उपमहानगरपालिका विपत व्यवस्थापनमा कमजोर देखिएको छ । स्थानिय, बुद्धिजिवीले आलोचना गर्दै आएका छन् ।
प्रदेशको अस्थायी राजधानी बुटवल । जहा“ एउटै दमकल सञ्चालनमा रहेको छ भन्दा जो कोही पनि अचम्म लाग्न सक्छ । तर सत्य यही हो ।
उपमहानगरपालिकास“ग तीन वटा दमकल भएपनि एउटा मात्रै दमलक सञ्चालनमा रहेको छ । केही बर्ष पहिला रोटरी क्लवले दिएको दमकल सञ्चालनको लागि संयन्त्र नै अभाव भएको कारण यत्तिकै थन्कीएको छ । अर्को दमकल विग्रेको अवस्थामा छ । एउटा मात्रै सञ्चालनमा रहेको छ ।
आईतबार बुटवलको भाटमटेनी सुपर स्टोर्समा लागेको आगो नियन्त्रण लिनको लागि कपिलवस्तु र नवलपरासीबाट समेत दमकल मगाउनु प¥यो । सिद्धार्थनगरपालिकामा रहेको तिन वटा दम्कल मध्ये एउटा मात्रै चालु अवस्थामा छ । भने अन्य दुई वटा विग्रीएको छ । बुटवलमा विगत १५÷१६ बर्ष देखि उक्त आगो निभाउने यन्त्र भाषण गर्दै हिडिरहेको छ । अर्थात सरकारी क्षेत्रबाट नै उसलाई भाषण गर्न लगाइएको छ । तत्कालिन बुटवल नगरपालिका (हाल, उपमहानगरपालिका) हु“दा रोटरी क्लव ईन्टरनेशनलको सहयोगमा रोटरी क्लव अफ बुटवलले उप–महानगरपालिकालाई दिएको उक्त दमकल अहिले उपमहानगरपालिका सुचना तथा नगरभित्र हुने विभिन्न सामाजिक काममा सूचना दिने माध्याम भएको छ । दमकल भित्र जोडिएको उपकरणलाई कारण बुटवल उप–महानगरपालिकाले सूचना प्रवाहको लागि प्रयोगमा ल्याएको हो ।
रोटरी क्लव बुटवलका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद अर्यालका अनुसार उक्त दमकल रोटरी क्लव ईन्टरनेशन जापानको सहयोगमा बुटवलमा ल्याइएको हो । रोटरी क्लवले आफैले सञ्चालन गर्नको लागि अफ्ठारो भएपछि उक्त दमकललाई बुटवल उप–महानगरपालिकालाई हस्तान्तारण गरिएको थियो ।
करिव १६ बर्ष पहिला करिव ७५ लाख रुपैया बराबरको लागतमा बुटवलमा उक्त दमकल ल्याएको हो । बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेलले विकसित सहर जापानमा जहापनि पानीको पाईप विच्याएको हुने र सहरमा जाहा पनि कुनै आगलागी भएमा त्यहा उक्त गाडी जाने र पानी तानेर आगो निभाउने तर नेपालमा जहा“ कही पानीको सहज पहु“च नह“ुदा समस्या भएको बताए ।
सिद्धार्थनगर नगरपालिकामा तीन र लुम्बिनी सांस्कृतिक नगरपालिकामा एकवटा दमकल छन् । तर, बुटवल र सिद्धार्थनगरको एकएक वटा दमकल मात्र चालू अवस्थामा छन् । बुटवल उपमहानगरपालिकालाई विभिन्न दाताले दिएका तीनवटा दमकलमध्ये दुईवटा उपमहानगरपालिका परिसरमै थन्किएका छन् भने एउटा मात्र चालू अवस्थामा छ ।
जिल्लामा गत बर्ष १०९ वटा, २०७२ मा ११७ वटा अगालागीका घटना भएका थिए । एक वर्ष अगाडि ४ वटा वारुण यन्त्र रहेको जिल्लामा अहिले २ वटा मात्र सञ्चालनमा छन् । त्यसमध्ये पनि प्रदेश राजधानीमा भने एउटामात्रै वारुण यन्त्र छ । आगलागी भएको समयमा समयमा नै ठुलो संख्यामा दमकल नपुग्दा बर्षेनी करोडौं रुपैया“को नोक्सानी हुने गरेको छ ।
जिल्लाका १६ स्थानीय तह रहेको रूपन्देहीमा २ वटा दमकल मात्रै चालु अवस्थमा छन् । एउटा बुटवल उपमहानगरपालिकामा र एउटा सिद्धार्थनगरनगरपालिकामा । अन्य सबै स्थानिय तह दमकल विहिन नै छ । बुटवल उप–महानगरपालिका वारुण यन्त्र उप–शाखाका इञ्चार्ज गोकर्ण भट्टराईले दमकलको संख्या कम हुँदा समयमै पुगेर आगलागी नियन्त्रण गर्न कठिन भएको बताउँछन् । कम्तिमा पनि एक स्थानीय तहले एउटा वारुणयन्त्र राखेमा सहज हुने उनको भनाई छ । सिद्धार्थनगर नगरपालिकामा रहेको एउटा दमकल २० वर्ष पुपगेको छ ।
हरेक वर्ष आगलागीका घटना दोहोरिने गरे पनि रुपन्देहीमा राम्रो र स्तरीय दमकल नह“ुदा ठूलो क्षति हुने गरेको छ । रुपन्देही जिल्लामा सातवटा दमकल छन् तर चालू अवस्थामा दुईवटा मात्र रहेका छन् । उता सिद्धार्थनगर नगरपालिकामा पनि तीनवटा दमकल रहे पनि चालू अवस्थामा एउटा मात्र छ । सञ्चालनमा रहेको दमकल समेत २० वर्ष पुरानो भएकोले बेलाबेलामा बिग्रिएर बाटोमै अलपत्र पर्ने गरेको छ । दिन प्रतिदिन बस्ती विकास भइरहने र विद्युतिय सामग्रीको प्रयोगका कारण आगलागीका घटना बढ्दै गए पनि दमकलको संख्या भने घट्दै गएका छन् ।
यता, उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अहिले रहेका दमकलले साना र होंचा घरमा लागेको आगो नियन्त्रण गर्न सकेपनि अग्ला घरमा लागेको आगो नियन्त्रणमा समस्या देखिएको स्वीकार गरेका छन् ।
आगामी दिनमा स्थानिय तहहरुको संयुक्त लगानमीमा हाइड्रोलिकसहितका दमकल किन्नुपर्ने यसको लागि आफुले पहल थालनी गर्ने समेत बताउ“छन् । एउटा स्थानीय तहले मात्र धेरै दमकल खरिद गर्न नसक्ने भएकोले रुपन्देहीका १६ वटै स्थानीय तह मिलेर सामूहिक रूपमा बारुण यन्त्र सञ्चालनको लागि छलफल समेत अगाडि बढाइएको उनको भनाई रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ०२:१६