सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी : प्रकाशमान

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकासमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादी भएको आरोप लगाएका छन् । प्रेस युनियन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको राष्ट्रवाद पहिलो भारत भ्रमणसँगै उदाङ्गिएको बताएका हुन् ।
उनले नक्कली राष्ट्बादको आबरणमा भ्रम नछर्न प्रधानमन्त्री ओली र एमालेसँग आग्रह गरे । पूर्व महामन्त्रीसमेत रहेका सिंहले बिगतका चुनावमा कांग्रेस पराजित हुनुको मुख्यकारण नेतृत्वको चरम अलोकप्रियता हो भन्दै कम्युनिष्टहरुसँग प्रतिश्पर्धा गर्न सक्ने पार्टी कांग्रेसलाई बनाउन पार्टीको नेतृत्व नै परिवर्तन आवश्यक रहेको बताए । कांग्रेसलाई पुरानै शैलीबाट चलाउन नसकिने भन्दै सांगठनीक सुदृढता र बैचारिक स्पष्टता आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतवार ०९:२८