सूचनाको शक्ति - The Power Of Information

        

बुटवलको भाटभटेनीमा सुपरमार्केटमा आगलागी


बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ । आगलागी विद्युत् (सर्ट)चुहिएर भएको बताइएको छ तर यकिन भएको छैन । सो सुपरमार्केट गत वर्षदेखि रु ९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतवार ०४:०९