सूचनाको शक्ति - The Power Of Information

        

पुननिर्माण प्राधिकरणको खर्च : ३२ जिल्लामा १ खर्बभन्दा बढी


काठमाडौं । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब १ लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताए । प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई ३ लाख रुपैयाँ उपलब्ध गराउन नसकिएको उनले बताए ।
विसं २०७२ मा गएको भूकम्पबाट ७ हजार ५५३ विद्यालयमा क्षति पुगेकामा ३ हजार विद्यालय बनिसकेको र १ हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ । त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । रासस

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ०६:२९