सूचनाको शक्ति - The Power Of Information

        

महासंघमा बाहिरी हस्तक्षेप भएकै हो ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महासचिव सुर्यमान श्रेष्ठले पदबाट राजिनामा दिएको १८ दिनपछि चर्चामा छन्। नेपाल सरकारको सचिवपदबाट अवकाश पाएपछि निजी क्षेत्रका जागिरे बनेका श्रेष्ठलाई सरकारमा जस्तै निजी क्षेत्रमा पनि सरूवा प्रवृत्तीले नछोडको देखिएको छ। तीन वर्षलाई नियुक्त पाएका श्रेष्ठ नौ महिना जागर खेर बिहीरिएका छन्। महासंघमा नयाँ नेतृत्व आएसँगै २०७४ साउनमा तीन वर्षको लागि नियुक्ति भएका श्रेष्ठले २ चैतमा राजिनामा बुझाएका छन्।

यद्यपी कार्यसमितिले राजिनामा स्वीकृत गरेको छैन। उनले सबै कार्यसमिति सदस्यलाई आफ्नो राजिनामा मेलमा समेत सोही दिन पठाएका थिए। राजीनामा दिएको व्यक्तिले १३ पन्ने सुझाब दिनु र ती सुझाबलाई प्राचर गर्नु महासंघभित्रको हस्तक्षेप भएको महासंघका पदाधिकारीहरुको आरोप रहेको छ। महासंघ कमजोर बनाउन केही शक्ति लागेका छन्, त्यसैअन्तर्गतको चाल महासचिवको राजीनामापछिको प्रचार र अभिव्यक्ति हो महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने।

उनले श्रेष्ठको काम गर्ने शैली नहुँदा नहुँदै पनि महासंघलाई एक बनाउन अध्यक्षले सहयोग गर्दै आएको समेत दाबी गरेका छन्। तर, श्रेष्ठले भने आफूले छोड्ने पहिलो कारण नै अध्यक्षको कार्यशैली रहेको बताएका छन्। काम गर्ने वातावरण नै बनेन नेपाल सरकारमा रहँदा पनि निजी क्षेत्रमैत्री भनेर चिनिएको व्यक्ति भएका कारण महासंघमा गएको हुँ काम गर्ने वातावरण नै बनेन नेपाल सरकारमा रहँदा पनि निजी क्षेत्रमैत्री भनेर चिनिएको व्यक्ति भएका कारण महासंघमा गएको हुँ, तर मेरो महत्व बुझिएन श्रेष्ठले भने, सुझाब दिँदा पनि वास्तै गरिएन महासंघका पदाधिकारीहरुले भने श्रेष्ठले सुझाब नदिने गरेको र माग्दासमेत सामान्य व्याकरणमा मात्रै ख्याल गरेको आरोप लगाए हामी उहाँसँग समन्वयन नगरी काम गर्ने कुरै आउँदैन, तर उहाँले ह्रस्वग दीर्घ हेर्ने मात्रै काम गरे, जुन लक्ष्यका साथ काम होला भनेका थियौँ त्यो नभएको हो, महासंघका एक पादाधिकारीले भने, हामीसँग उहाँ मात्रै होइन अरू ५० जना कर्मचारी छन् कसैलाई पनि विश्वानसमा लिएर काम गर्न सकेन। उनीहरुले आफू त सचिवजस्तो मान्छे हुँ भनेर दंग परेर बस्ने मात्रै काम गरेको तर महासंघलाई सहयोग नगरेको आरोप लगाएका छन्।

साधारणसभाबाट निर्वाचित पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेलाई पुरानो मुद्दा ब्युताएर कानुनी झन्झीट सुरु गरेदेखि नै महासंघमा राजनीति बढी हाबी देखिएको छ। महासंघले संस्थालाई थप सशक्त बनाउनका लागि भने थप अभियान चलाएर अघि बढ्ने पदाधिकारीहरुले बताएका छन् प्रदीपजंग पाण्डेपछि अध्यक्ष बनेका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले महासंघलाई एक बनाएर लैजान पहल गरे पनि अपेक्षित रूपमा महासंघले आफ्नो पहिचान दिन सकेको छैन। महासंघकै पूर्वअध्यक्ष विनोद चौधरीको नेतृत्वमा निजी क्षेत्रको अर्को प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघ अहिले सक्रिय भएको छ भने दुई संस्थाबीच अहिलेसम्म पनि समन्वयन भएर काम हुन सकेको छैन। महासंघकै सदस्य तथा निजी क्षेत्रकै पुरानो संस्था नेपाल चेम्बर अफ कमर्स र महासंघबीच पनि समन्वयनकारी काम हुन सकेको छैन। बरु महासंघकै पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार चेम्बरको उपाध्यक्ष बनेका छन्। पदाधिकारीहरू भने महासंघलाई थप सशक्त बनाउनका लागि अभियानै चलाएर अघि बढ्ने बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार ०३:१९