सूचनाको शक्ति - The Power Of Information

        

विगतमा भारतसँग भएका द्धिपक्षीय सम्झौता कार्यान्वयन जोड

काठमाडौं । पूर्वप्रधानमन्त्री, प्रबुद्ध बर्ग र परराष्ट्रविद्हरुले विगतमा भारतसँग भएका द्धिपक्षीय सम्झौता कार्यान्वयनमा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे सुझाव दिन आज आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा उनीहरुले पुराना सम्झौता कार्यान्वयन प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । उनीहरुले पुराना सम्झौतामा समस्या देखिएको बेला नयाँ सम्झौता नगर्न पनि सुझाव दिएकाछन् । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणलाई सद्भावना भ्रमणका रुपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भीरता पूर्वक लिएको बताउनुभयो । बैठकपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिइएको बताए ।
छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल , पुष्मकमल दाहाल, लोकेन्द्र बहादुर चन्द थिए । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भने बैंठकमा सहभागि भएका थिएन
छलफलमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, परराष्ट्र मामिलाका जानकार भेष्बहादुर थापा, निलाम्बर आचार्य थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०८:१६