सूचनाको शक्ति - The Power Of Information

        

भारत भ्रमणबारे प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले वालुवाटास्थित निवासमा पूर्वप्रधानमन्त्रीहरु र कुटनीतिक मामिला जानकारहरुसँग छलफल गर्नु भएको हो ।

हिजो संघीय संसद्लाई भ्रमणबारे जानकारी गराउनुभएका ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई समेत भ्रमण जानकारी गराउँदै राष्ट्रिय सहमति र एकताका साथ भ्रमणमा जान लागेको बताएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुबाट सुझाव समेत लिनुभएको छ । प्रधानमन्त्री ओली यही चैत २३ गतेदेखि तीन दिने भ्रमणमा जाँदैहुनुहुन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०७:४०