सूचनाको शक्ति - The Power Of Information

        

आयकर र मुल्यअभिवृद्धि कर नतिर्ने १६५ कम्पनीको बैंकिङ खाता रोक्दै

काठमाडौं । मुल्य अभिवृद्धि कर र आयकर लामो समयसम्म तिर्न अटेर गरेका १६५ कम्पनीको आन्तरिक राजस्व विभागले बैंकिङ खाता बन्द गर्ने तयारी गरेको छ । ८५ वटा कम्पनीलाई सयममै कर तिर्न पत्राचार र टेलिफोन सम्पर्क करदाता सेवा कार्यालय, त्रिपुरेश्वरले गर्दा पनि कुनै प्रतिक्रिया नआएपछि कानूनी प्रक्रिया अघि बढेको हो । कार्यालयले बुधबारदेखि लागू हुनेगरी १५ दिनको समय दिएको छ ।

यो मितीसम्ममा कम्पनीहरुले कर नतिरेमा आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्म र मूअकर एन २०५२ को दफा २१ १ बमोजिम कारबाहि प्रक्रिया अघि बढ्नेछ । यसैगरी करदाता सेवा कार्यालय नयाँ बानेश्वरले ७ दिन भित्र ८० कम्पनीले बक्यौता कर नतिरेमा बैंकिङ खाता रोक्का, नेपाल बाहिर जान रोक्का, आयात निर्यात रोक्का लगायतको कानूनी कारबाहि गर्ने तयारी गरेको छ । कर नतिर्नेहरुमा मुड लाइटिङ प्राली, लुम्बिनी एम के जेभी लगायत १६५ वटा कम्पनी रहेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०७:०५