पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकको आर्थिक समृद्धिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएको छ । ६१औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ कास्कीद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो– “सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन सक्नुपर्दछ ।”
अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय तहमा सहकारीसम्बन्धी नीति तथा कानून बनाउँदा सम्बन्धीत सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै “सहकारीले सस्तोमा रकम संकलन गर्ने र महँगो दरमा लगानी गर्नुभन्दा उद्योग धन्दा, ऊर्जा र कृषिलगायत क्षेत्रमा लगानी गरेर स्वदेशमै रोजगार सिर्जना गर्नेतर्पm लाग्नुपर्ने आजको आवश्यकता छ भने ।”
सो अवसरमा उहाँले कास्की बचत तथा ऋण सहकारी संघद्वारा प्रकाशित कास्की सहकारी श्रृंखला अंक दुईको लोकार्पण पनि गरे । प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लोकबहादुर थापाले मुलुकको परिवर्तित अवस्थामा सहकारी आन्दोलन नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरेर प्रदेश नं ४ लाई नमूना प्रदेश बनाउन प्रादेशिक सरकार योजना बनाएर लाग्ने तयारीमा जुटेको उहाँले बताए । प्र्देशसभा सदस्य एवं सहकारीकर्मी प्रभा कोइरालाले सहकारीलाई संख्यात्मकभन्दा पनि गुणात्मक विकासमा जोड दिनुपर्ने आजको आवश्यकता रहेको धारणा व्यक्त गरे । जिल्ला समन्वय समितिका संयोजक वैनबहादुर क्षेत्रीले सहकारीको नीति, कानून निर्माणमा स्थानीय तहबाट सक्दो सहयोग गर्ने बताउँदै सहकारीमा संकलित पुँजीलाई उद्यमशीलतातर्पm लगानी गर्नुपर्नेमा जोड दिए
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सहकारीमा नैतिक, चारित्रिक र आर्थिक इमान्दारीता हुनुपर्ने बताए ।
जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय दुग्ध विकास संघका युवराज पराजुली, संघका उपाध्यक्ष बलराम गौतम लगायतले कास्कीको सहकारीका गतिविधिका विविध पक्षमाथि प्रकाश पारे । रासस
।