सूचनाको शक्ति - The Power Of Information

        

बुटवल उपमहानगरले दियो घरमा नै पुगेर जेष्ठ नागरिकलाई सेवा

बुटवल ।  बुटवल उपमहानगरपालिकाले जेष्ठनागरिकहरुलाई घरमै पुगेर स्वाथ्य सेवा परिक्षण कार्यक्रम सुरु गरेका छन् । यस कार्यक्रमबाट २ सय ५० भन्दा बढि वृद्ध वृद्धा लाभांवित भएका छन् । बुटवल उपमहानगरपालिका स्वाथ्य शाखा प्रमुख डा. रमेश केसीका अनुसार घरमा नै पुगेर स्वाथ्य सेवा प्रदान गर्ने कार्यक्रम अनुसार उक्त सेवा प्रदान गरिएको हो । जेष्ठ नागरिकहरुलाई घरमा नै पुगेर स्वाथ्य सेवा प्रदान गरिएको हो । बुटवल उपमहानरपालिकाले पहिलो पटक सुरु गरेको यो कार्यक्रम अनुसार जेष्ठ नागरिकको घरमा नै पुगेर स्वाथ्य परिक्षणको साथै सुगर तथा ब्लड प्रेसर चेक जा“ज समेत गरि उपचार गरिएको हो । जसबाट नया“ सुगर तथा ब्लड प्रेसको विरामीहरु समेत भेटिएका थिए ।
बर्षौै देखि चेक जा“च नगरेका जेष्ठनागरिकहरुलाई थप उपचारको लागि समेत कतिपय अवस्थामा सिफारिस गरिएको जनस्वाथ्य प्रमुख डा. रमेश केसीले जानकारी दिए । उनले भने–कतीपय अवस्थमा नया“ सुगर तथा ब्लड प्रेसका विरामी समेत भेटिनुभएको थियो, वहा“हरुलाई थप उपचारको लागि समेत सिफारिस गरेका छौं । ’
अधिकांस ब्लड प्रेसर र सुगरका विरामीहरु भेटिएको प्रमुख डा. केसीको भनाई रहेको छ । यो चैत महिना भर सञ्चालन हुने कार्यक्रमबाट ५ सय ४७ भन्दा जेष्ठ नागरिकहरुको स्वाथ्य परिक्षण गरिने लक्ष्य लिइएको छ । सोही अनुसार यो महिनाभर कार्यक्रम जारी रहने डा. केसीले जानकारी दिए । घर घरमा जा“दो स्वाथ्यको बारेमा खुलेर कुरा गर्ने गरेको समेत डा. केसीको भनाई छ । घर भन्दा टाढा स्वाथ्य चौकी समेत स्वाथ्य अवस्थाको कारण जान नसक्ने कतिपय जेष्ठ नागरिकहरुले घरमा नै चिकित्सक पाउ“दा खुसी भएको उनको भनाई छ ।
धेरै जसो नया“ सुगर तथा ब्लड प्रेसरको समस्या भएका नया“ विरामीहरु भेटिएको समेत जनाइएको छ । अस्पताल गएर चेक जा“च नगर्ने वृद्ध वृद्धाहरुले घरमा नै चेक अफ गराउदँ“ समस्याको बारेमा जानकारी पाएका हुन ।
बुटवलमा ६० बर्ष माथिका ८ सय जना बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । बृद्धबृद्धाको रगतमा चिनीको मात्राको जाँच, रगतमा त्रियाटिनिनको मात्राको जा“च (मृगौला रोग पहिचानका लागि) गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १२:४९