सूचनाको शक्ति - The Power Of Information

        

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन

काठमाडौं – लामो समयदेखि कोलोन क्यान्सरबाट ग्रसित वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन भएको छ।

नेपाल क्यान्सर अस्पताल हरिशिद्धिमा विगत ८ वर्षदेखि उपचाररत्त यशोदा श्रेष्ठको ६७ वर्षको उमेरमा सोमबार  १०ः४५ बजे राति अस्पतालमै उपचारको क्रममा निधन भएको उनको उपचारमा संलग्न डाक्टर सुदिप श्रेष्ठले बताए।

कलाकार हरिवंश आचार्यका अनुसार, श्रेष्ठको आजै बिहान १० बजे  पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो । उनका एक छोरा, एक छोरी छन् ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०३:१८