सूचनाको शक्ति - The Power Of Information

        

मुलुकलाई समृद्ध बनाउन खोज्दा प्रतिपक्षी दल आत्तियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृृद्ध बनाउने आफ्ना एजेण्डाबाट प्रतिपक्षी दल आत्तिएको आरोप लगाए ।
एमाले पार्टी कार्यालयमा सोमबार आयोजित मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरिबलाई धनी बनाउने, भोकालाई खान दिने आफ्ना एजेण्डाबाट प्रतिपक्षी दल आत्तिएको बताए । उहा“ले समुचित विकास, न्यायोचित वितरण प्रणाली, सामाजिक न्याय र सबैका लागि समानताको कुराले कसैलाई बाधा नपुग्ने भन्दै नआत्तिन आग्रह समेत गरे ।
प्रधानमन्त्री ओलीले अब मुलुकमा राजनीतिक संक्रमण टुंगिसकेकाले गरिबीबाट समृद्धितर्फको यात्रा सुरु भएको उल्लेख गरे । उहा“ले छिमेकी मुलुकसंग सुमधुर, सन्तुलित, विश्वसनिय र पारस्परिक सहयोगी सम्बन्धका आधारमा द्धिपक्षीय सम्बन्ध स्थापति गरिने बताए ।
स्वदेशी पू“जी लगानी गरी बाह्य लगानी आकर्षित गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी युवाहरुलाई विदेशीनबाट रोकिने पनि उहा“ले उल्लेख गरे । कार्यक्रममा वरिष्ठ पत्रकार कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार १३:५४