सूचनाको शक्ति - The Power Of Information

        

विकास र समृद्धि प्रदेश सरकारको मुख्य लक्ष्य

विराटनगर । प्रदेश नं १ लाई नमूना प्रदेश, उत्कृष्ट, समृद्ध बनाउन प्रदेशका मुुख्यमन्त्री शेरधन राईले उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताए । उद्योग संगठन मोरङले आयोजना गरेको आर्थिक सामाजिक विकासका लागि छलफल कार्यक्रममा उनले यस क्षेत्रका व्यापारीलाई एउटा नमूना काम गरेर देखाउनेबेला आएको बताएको छ ।
मुख्य मन्त्री राईले विकास र समृद्धि नै प्रदेश सरकारको मुुख्य लक्ष्य भएकाले जनताले अब चाँडै नै अनुुभूति गर्नेगरी विकास निर्माणका कामले गति लिने विचार व्यक्त गरे ।

१ नम्बर प्रदेशमा विकासका प्रशस्त सम्भावना रहेकाले निर्धक्क भएर लगानी गर्न उद्योगीलाई आग्रह गरे । कृषि, ऊर्जा, पर्यटन,  क्षालगायतका विकासका क्षेत्रका लागि सरकारले ठोस योजना तयार गर्ने कार्यमा विज्ञले आवश्यक सुझाव दिन आग्रहसमेत गरे ।

मुख्यमन्त्री राईले धेरै योजनामा हातहाल्दा परिणाम सहज नहुुने भन्दै आवश्यक र मुुख्य योजनालाइ मात्र सरकारले प्राथमिकता दिने बताए ।

प्रदेशका सबै मन्त्री तथा मन्त्रालयका सचिव सहभागी हुनुभएको उक्त कार्यक्रममा प्रदेशको औद्योगिक विकासका लागि विज्ञको सहयोगमा कृषि, शिक्षा, उद्योग, ऊर्जालगायत सातवटा विषयमा बनाइएका योजनाको सुुझावसहितको कार्यपत्र प्रस्तुुत गरिएको थियो । उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्यायको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतवार १७:१७