सूचनाको शक्ति - The Power Of Information

        

ट्याक्टर र माइक्रो बस ठोक्किदा ९ जना घाइते

प्रभा रावत । सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नजिकै एयरपोर्ट चोकमा ट्याक्टरसँग माइक्रो बस ठोक्किदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अबसथा गम्भीर भएकाले थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
वीरेन्द्रनगर सुर्खेतबाट नेपालगन्जतर्फ गइरहेको देउती नागरिक यातायातको बा ५ ख २८२७ नम्बरको माइक्रो बस भे १ त ५३५९ नम्बरको ट्याक्टरसँग ठोक्किएको हो । घाइते हुनेहरुमा वीरेन्द्रनगर–७ शंकर चोकका दिपक पाण्डे, सोही ठाउँका १९ बर्षिया गिता पाण्डे, माइक्रो बसका चालक वीरेन्द्रनगर–११ का ईद्रिस बक्स रहेका छन् ।
यस्तै वीरेन्द्रनगर–९ का जानकी भण्डारी, दुल्लु दैलेखका कर्ण रिजाल, वीरेन्द्रनगर–का पुनम राई, सोही ठाउँका भरत राई रहेका छन् । त्यसैगरी वीरेन्द्रनगर–९ का १० बर्षिय बालक इसान श्रेष्ठ र चन्दननाथ नगरपालिका जुम्लाकी १९ बर्षिय गोमा नगरकोटी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको सुर्खेतस्थित देउती नर्सिङ्ग होम र माया नर्सिङ्ग होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतवार ०५:३५