सूचनाको शक्ति - The Power Of Information

        

गहुँबाली नष्ट

दैलेख । दैलेखका विभिन्न स्थानमा शुक्रबार साँझ परेको असिनापानीका कारण गहुँबाली नष्ट भएको छ । नौमुले गाउँपालिका, गुराँस गाउँपालिकाका, महावु गाउँपालिकालगायत स्थानमा भिœयाउने तयारीमा रहेको गहुँ असिनाले नष्ट गरेपछि किसान चिन्तित भएका छन् ।
भारी असिनापानीले नौमुले गाउँपालिकाको द्वारी बालुवाटार नौफेरीलगायत स्थानमा धेरैजसो किसानको गहुबालीसँगै तरकारीखेतीमा पनि क्षति पुर्याएको नौमुले द्वारीका कृषक जयबहादुर रोका मगरले जानकारी दिएका छन् । गहुँबालीमा क्षति पुर्याएपछि गाउँपालिकासँग राहत माग गर्ने तयारी गरिएको उनले बताएका छन् ।
असिनापानीले कृषि पेसामा निर्भर यस क्षेत्रका किसानको गहुँबालीसँगै तरकारीखेतीमा क्षति पुर्याएपछि खाद्यान्न संकट हुने चिन्ता लागेको उनको भनाइ छ । गाउँपालिकाले तत्काल राहतका कार्यक्रम ल्याउनुपर्ने पीडित किसानले माग राखेका छन् ।
असिनापानीका कारण भएको क्षतिको विवरण ल्याउन गाउँपालिकाले खटाएपछि वडाध्यक्ष गगन रोकासहितको टोलीले विवरण संकलन सुरु गरेको छ । वडाध्यक्ष रोकाले क्षतिको विवरण संकलन सकेर गाउँपालिकाबाट पीडित किसानलाई राहत उपलब्ध गराउने जानकारी दिए ।
यस्तै असिनापानीले गहुँ, टमाटर, लसुन, प्याजलगायत नगदे बालीमा क्षति पुर्याएको नौमुले गाउँपालिकाको कालिकाका अध्यक्ष गजबहादुर ढेगाले जानकारी दिए । बर्सेनि बाली भिœयाउन ठिक्क परेका बेला असिनापानीले बाली नष्ट भएपछि किसान समस्यामा परेको उनले बताए ।
नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढाले पूरै वडाको क्षति लगत संकलन गर्न वडा अध्यक्षलाई निर्देशन दिएका छन् । उनले आगामी कार्यपालिकाको बैठकमा राहतका बारेमा छलफल गरिने बताएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ०९:१२