सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री भने नेपालमै विदेशीले पढ्ने वातावरण बनाउनुपर्छ

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दिक्षान्त सम्पन्न भएको छ । लुम्बिनीमा भएको दिक्षान्तमा विद्यावारिधी र स्नातकोत्ततर तहमा गरी १ सय ७ जना विद्यार्थी दिक्षित भएका छन् । सो अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गर्न बताएका ेछन् । कानुन निर्माण गरेरै प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य गर्न लागेको उनले बताए ।
कुलपति समेत रहेका प्रधानमन्त्रीले विश्वविद्यालयले बौद्ध दशर्नको विकासमा महत्वपूर्ण भूमिका निभाएको बताए ।
“बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२ वर्षसम्म रहेको छ, हामीले पनि देश निर्माणमा बुद्ध मार्ग अवलम्बन गर्नुपर्छ,  नेपाल बुद्धजन्मस्थल मात्रै नभएर बुद्ध धर्मको उद्गम थलोका रुपमा समेत रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले बौद्ध विश्वविद्यालयलाई विदेशी विद्यार्थी पढाउने थलोका रुपमा विकास गर्न आवश्यक रहेको समेत बताए । ”अहिले थोरै विद्यार्थी दिक्षीत भए, अर्काे समारोहमा धेरै विद्यार्थी दिक्षित हुनु पर्छ, ओलीले भने, विदेशी विद्यार्थीलाई बौद्ध जन्मस्थलमै पढ्न बातावारण बनाउने काममा सरकारले सघाउनेछ् ।”
कार्यक्रममा दीक्षान्त मन्तव्य दिदै ब’द्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकका उपक’लपति प्रा.डा.गल्ल्ये सुमन थेरोले बौद्ध दर्शनको विकासमा विश्वविद्यालयको भूमिका महत्वप्ण रहने बताए । कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य, रजिष्टार तिलकराम आचार्य, डीन माणिकरत्न शाक्य लगायतले बोलेका थिए । विश्वविद्यालयका १ सय ७ जना विद्यार्थी दिक्षित भएका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ०९:०४