सूचनाको शक्ति - The Power Of Information

        

आज उभौली पर्व

प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किराँत जातिले भव्य रूपमा किराँती रितिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नाच्दै एक महिनासम्म मनाउने गर्छन् । किराँती प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुशी पार्न हरेक वर्ष यो पर्व मनाइन्छ । किराँतको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा भनिन्छ । यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ । उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ । किराँत जातिले वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाउने गर्दछन् ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ०८:५०