सूचनाको शक्ति - The Power Of Information

        

बुटवलमा सुजुकीको एआरओ  

बुटवल । बुटवलमा मुक्तिनाथ अटोमोटिभ टे«डसको सुभारम्भ भएको छ । सुजुकी कारका लागि नेपालका आधिकारीक विक्रेता सिजी मोटोकपले पश्चिमाञ्चल क्षेत्रमै यो आफनो दोस्रो एआरओका रुपमा मुक्तिनाथ अटोमोटिभ टे«डस शुभारम्भ गरिएको हो ।
शुक्रबार एक कार्यक्रमका बिच माटोकपका डिलर ईन्चार्ज अरुण कुमार मण्डलले उद्घाटन गर्दै आम उपभोक्ताहरुलाई पार्टका बारेमा सहि जानकारी दिने समेत आफुहरुको लक्ष्य रहेको बताए । धेरै उपभोक्ताहरु सवारी साधनको जिनियन पार्टस एण्ड एसोसरीजको बारेमा ज्ञान नहुदा लोकल सामग्रीको प्रयोग हुने गरेको र यसले सवारी साधनको आयु घटाउने गरेको उनले बताए । मुल्यमा खासै फरक नभएपनि उपभोक्ताहरु जिनीयन पार्टस उपयोग बारे जानकारी नपाउदा यस्तो समस्या भएको भन्दै उनले आफुहरु यसको निदानका लागि विक्रीपछिको सेवालाई विशेष प्राथमिकता दिने गरि अभियान थालेको बताए । पश्चिमाञ्चल क्षेत्रमा धनगढी पछिको यो दोस्रो एआरओ भएको उनले बताए ।
यस क्षेत्रका युवाहरुको लगानीमा मुक्तिनाथ अटोमोटिभ संचालन भएको संचालक श्यामप्रसाद सापकोटाले बताए । जहाबाट सुजुकीका लाईन आईटमका १ लाखबढि सामग्रीहरु प्राप्त गर्न सकिने उनले बताए । करीब ढाई करोड लागतमा मुक्तिनाथ अटोमोटिभ खोलिएको उनले बताए । यसैगरि मुक्तिनाथ अटोमोटिभले यस क्षेत्रका रिटेलर, प्राईभेट वर्कसर्पहरुका संचालक, मिस्त्रीहरुलाई एक दिने सर्टिफाईड रिटेलर मिट कार्यक्रम गरिएको छ । कार्यक्रममा सिजीका डिजिएम श्याम बहादुर श्रेष्ठले सम्बोधन गर्दै विश्व बजारमा ख्याती कमाएका सुजुकी ब्राण्डको कार विक्रिपछिको सेवालाई प्राथमिकता दिएको बताए । नेपालमा हालसम्म १२ वटा पार्टसका एआरओ छन ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार ०३:४४