सूचनाको शक्ति - The Power Of Information

        

गुणस्तर र सेवामा सुधार गर्न नेपाल टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज टेलिकमले आफ्नो प्रगति विवरण प्रस्तुत गरे । प्रगति विवरण सुनेपछि ओलीले टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिए । टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै यस्ता प्रवृत्ति हावी भएको बताए । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनु पर्ने, २४ सै घण्टा प्राविधिक सेवामा कर्मचारी खट्नुपर्ने एकछिन पनि खाली नगर्न निर्देशन दिए । नाफाका लागिमात्र नभई जनताको लागि स्थापना संस्था भएको बताउदै अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाए । यस बारेमा गुनासो र काम रोक्ने आदेश दिए । यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौँला उनले भने । प्रतिष्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए । सेवामा सुधार गर्ने पर्ने र टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले व्यवस्थापनलाई आग्रह गरे । प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १५:५१