भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी बिद्यालयलाई निर्देशन दिएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअ
सुल्न बिद्यालयलाई निर्देशन दिएको छ । बिद्यालय शुल्क तत्काल अनुगमन गरेर शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई आग्रह गरे ।
मन्त्रालयले स्थानीय तहलाई तत्काल शुल्क वृद्धि नियन्त्रण गर्न आग्रह गरिसकेको बताउँदै मन्त्री पोखरेलले भने “मनोमानी ढंगले बिद्यालयले शुल्क वृद्धि गरेको गुनासो आएको छ, यसलाई तत्काल नियन्त्रण गर्नु जरुरी छ, स्थानीय तहलाई तत्काल शुल्क अनुगमन गरेर शुल्क वृद्धि नियन्त्रण गर्न म आग्रह गर्दछु ।” शुल्क वृद्धि नियन्त्रण नगर्ने बिद्यालयलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए ।
सञ्चारकर्मीसँग कुरा गर्दै बिद्यालयलाई लामबद्ध नराख्न बिद्यालयलाई निर्देशन दिए । स्कुलमा होस् वा गाउँमा विशिष्ट व्यक्ति आउँदा स्वागत गर्न विद्यार्थीलाई लामबद्ध राख्ने परम्परा बढ्दै गयो, यो गलत छ, म सबै विद्यालयलाई निर्देशन दिन्छु ।
।