काठमाडौं। गत आवमा १ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको बैंकले चालु आवको चैतमा बैंकले ८६ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ। चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकको नाफामा गिरावट आएको छ। कर्जा नोक्सानीमा १ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्दा नाफा घटेको बैंकले जनाएको छ। यस्तै समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी पनि घटेर १ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ। गत आवको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ थियो। बैंकले पुरानो कर्जा ७५ करोड ७४ लाख रुपैयाँ असुली गरेको जानकारी दिएको छ। बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा छ। गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर ८७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यस्तै कर्जा लगानी पनिबढेर ७३ अर्ब रुपैयाँ छ । बैंकको संचित कोषको आकार बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
।