सूचनाको शक्ति - The Power Of Information

        

३३ किलो सुनकाण्डमा मुछिएका तीन प्रहरी अधिकृत निलम्बन

काठमाडौं । ३३ किलो सुनकाण्डमा मुछिएका आरोपमा पक्राउ परेका तीन जना प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ । निलम्बनमा पर्नेमा एसपी विकास खनाल, डिएसपी सञ्जय रावत र सई बालकृष्ण सञ्जेल छन् । सुनकाण्डको छानबीन गरिरहेको समितिले बैशाख ११ गते बयानका लागि बोलाइएका खनाललाई सो दिन नेपाल प्रहरीको १ नम्बर गणमा राखी भोलिपल्ट बिराटनगर लगिएको थियो । एसपी खनालमाथि सांगठनिक अपराध र कर्तब्य ज्यानको मुद्दा लागेको छ । बयानकै क्रममा फरार भई फेरि सम्पर्कमा आएका डिएसपी रावतलाई पनि बिराटनगर लगिएको छ । रावतलाई आज अदालत पेश गरिनेछ । यता सई बालकृष्ण सञ्जेललाई अदालतले सोही मुद्दामा थुनामा राख्न आदेश दिईसकेको छ । सुनकाण्डमा हत्या गरिएका सनम शाक्यको घरबाट बरामद गरेको डायरी र अन्य तथ्यका आधारमा उनीहरु पक्राउ परेका हुन् । सुनकाण्डमा मुछिएका भनिएका एसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलाई भने छानबीन समितिले पटक पटक बयान लिइरहेको छ । त्रिभुवन बिमानस्थलबाट भित्रिएको ३३ किलो सुन गायव भएसँगै सुन ल्याउने ब्यक्ति सनम शाक्यको हत्या भएपछी घटना बाहिर आएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ०९:४५