सूचनाको शक्ति - The Power Of Information

        

शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न पाउने: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आम नागरिकले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न पाउने बताए । सरकारले नेपाली जनताको शान्ति सुरक्षा र विकासप्रतिको चाहनालाई मूर्त रुप दिन लागेको बताउँदै गृहमन्त्री थापाले मुलुकमा अस्थिरता कायम गर्न खोज्ने जोसुकैलाई नछाडिने बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको कार्यक्रममा मन्त्री थापाले यातायात क्षेत्रको सिण्डीकेटको अन्त्य गरेरै छाड्ने स्पस्ट पारे । यातायात क्षेत्रको सिण्डीकेट अन्त्य गरेर निजी तथा यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने बातावरणको सुरुवात गर्ने बताए । अपराध नियन्त्रण र जनतालाई प्रभावकारी सेवा प्रदान गर्न केन्द्रदेखि प्रदेश सरकारसम्मले काम थालेको बताउदै गृह मन्त्री थापाले पछिल्लो समय सल्बलाएको अपराध, चोरी तस्करी तथा लागुऔषधका घटना पूर्ण रुपमा रोक्ने दृढता गरे ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ०९:२६