सूचनाको शक्ति - The Power Of Information

        

नाफा फराकिलो बनाउँदै वाणिज्य बैंक, केही भने घाटामा


काठमाडौं । विभिन्न वाणिज्य बैंकहरुले आफ्नो नाफालाई फराकिलो बनाउँदै लगेका छन् । बैंकहरुले जारी गरेको वित्तीय विवरण अनुसार धेरै वाणिज्य बैंकहरुले नाफा बढेको जनाएका छन् । वित्तीय विवरणमा कर्जा प्रवाहसँगै नाफा बढेको देखिन्छ । तर केही बैंकहरु भने घाटामा गएको प्राप्त विवरणहरुले जनाएका छन् ।

नेपाल बंगलादेश बैंक 
नेपाल बंगलादेश बैंकले ३ महिनामा नाफा २७ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ७१ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकको नाफा ४३ करोड ८० लाख रुपैयाँ थियो । यद्यपी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ११ करोड रुपैयाँ घटेको छ ।
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा बैंकले ब्याज आम्दानी बढाएपछि नाफामा बढेत्तरी भएको जनाएको छ । गत चैतसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा ७४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी थियो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेर १.७७ प्रतिशत पुगेको छ ।
गत पुसमा यस्तो कर्जा १.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ७.९८, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.६०, आधार ब्याजदर ११.६०, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) ३.५९ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ । यस्तै बैंकको संचित कोष बढेर ३ अर्ब रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा बैंकले ४२ अर्ब ३६ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

माछापुच्छ्रे बैंक
चालु आर्थिक वर्षको ९ महिनामा माछापुच्छ्रे बैंकको नाफा १९ करोड रुपैयाँ घटेको छ । गत चैतसम्म बैंकले ८१ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको चैतमा बैंकले नाफा १ अर्ब रुपैयाँ कटाएको थियो ।
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनमा ब्याज आम्दानीमा बढाउन नसकेपछि नाफामा गिरावट आएको देखाएको छ । गत चैतसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवाको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको ०.३५ प्रतिशत छ ।
निक्षेप लागत ७.५३, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.६६, आधार ब्याजदर ११.१० र ब्याजदर अन्तर ४.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७५ पैसा छ । बैंकको संचित कोष बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर ६८ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ६२ अर्ब २१ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।

नविल बैंक
चालु आर्थिक वर्षको ९ महिनामा नविल बैंकको खुदनाफा बढेर ३ अर्ब रुपैयाँ नजिक पुगेको छ । चालु आवको चैतसम्म बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो । ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा सुधार ल्याएको हो ।
समीक्षा अवधिमा बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब ८ करोड रुपैयाँ थियो । ब्याज आम्दानी ४१ करोड रुपैयाँ बढेको छ । बैंकको निष्क्रिय कर्जा १, निक्षेप लागत ४.६३, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.२०, आधार ब्याजदर ७.३३ र ब्याजदर अन्तर ४.८९ प्रतिशत छ ।
प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा छ । समीक्षा अवधिमा बैंकको संचित कोष बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत चैतमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप १ खर्ब १७ अर्ब रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भई १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९० अर्ब ५५ करोड रुपैयाँ थियो ।

कुमारी बैंक
चालु आर्थिक वर्षको ९ महिनामा कुमारी बैंकले नाफा १०० प्रतिशत बढाएको छ ।बैंकले चालु आवको चैतसम्म ७० करोड ५ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा ३७ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ब्याज आम्दानी बढाएपछि यसको सकरात्मक असर नाफामा परेको हो ।
गत चैतमा बैंकले १ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८१ करोड ३७ लाख रुपैयाँ गरेको थियो । बैंकको निष्क्रिय कर्जा घटेर १.२४ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ८.६७, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.६९, आधार ब्याजदर ११.६२ र ब्याजदर अन्तर ३.२० प्रतिशत छ ।
प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा छ । बैंकको संचित कोष बढेर २ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७.२१ प्रतिशत बढेर ६१ अर्ब ८४ करोड र कर्जा लगानी ११.८३ प्रतितश बढेर ५६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंक
चालु आर्थिक वर्षको ९ महिनामा कृषि विकास बैंकको नाफा बढेको छ । बैंकले चालु आवमो ९ महिनामा नाफा बढाएर १ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा निष्क्रिय कर्जा घटेर ३.४९, निक्षेप लागत ७.१५, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.१३, आधार ब्याजदर १२.७२, ब्याजदर अन्तर ५.६१ प्रतिशत रहेको बैंकले जनाएको छ ।
प्रतिसेयर आम्दानी २४ रुपैयाँ २० पैसा छ । जगेडा कोषको आकार बढेर ९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ९७ अर्ब १० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रभु बैंक
चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आवको चैतमा बैंकले ८६ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको थियो । कर्जा नोक्सानीमा १ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्दा नाफा घटेको बैंकले जनाएको छ । यस्तै समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी पनि घटेर १ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ ।
गत आवको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ थियो । बैंकले पुरानो कर्जा ७५ करोड ७४ लाख रुपैयाँ असुली गरेको जानकारी दिएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर ८७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी पनि बढेर ७३ अर्ब रुपैयाँ छ । बैंकको संचित कोषको आकार बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ०६:५९