सूचनाको शक्ति - The Power Of Information

        

सरकारले ल्यायो श्वेतपत्र, अर्थमन्त्री भन्छन्, ‘सरकारी ढुकुटी रित्तो’ (भिडियोसहित)


काठमाडौं । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसदलाई जानकारी गराएका छन् ।
अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताए ।
देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताए । उनले अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक बताउँदै उनले गैरबजेटरी खर्चका नियन्त्रण हुन नसकेको बताए ।
उनले संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको बताए । ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु लगायतका कारण पनि समस्या आएको औंल्याए ।
खतिवडाले राजश्व प्रणाली नतिजामुखी नहुनुले पनि चुनौती थपेको बताए । अर्थमन्त्रीले संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र सेयर निष्काशन तथा आपूर्तिमा भएको वृद्धिले अहिले सेयर मूल्य प्रभावित भएको बताएका छन् ।
‘पुँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरू र खासगरी साना लगानीकर्तामा सेयर लगानी सम्बन्धी ज्ञानको कमीले सेयर मूल्य मापन गर्ने नेप्से सूचकांकमा उच्चदरको उतारचढाव आउने गरेको छ,’ श्वेतपत्रमा भनिएको छ ।
आर्थिक वर्ष २०४९÷०५० मा रु. २२ अर्बको व्यपार घाटा रहेकोमा २५ वर्षको अवधिमा यस्तो घाटा करिब ४२ गुणाले बढी गत आर्थिक वर्ष २०७३÷०७४ मा रु. ९ खर्ब १७ अर्ब पुगेको छ,’ श्वेतपत्रमा अगाडि भनिएको छ, ‘चालु आर्थिक वर्षको प्रथम ७ महिनासमम्ममा यस्तो घाटा रु. ६ खर्ब १४ अर्ब पुगेको छ ।’
संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाको सम्बोधन  (भिडियो सेतोपाटीबाट) :

https://www.facebook.com/setopati/videos/1832166603520571/?t=1261

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १०:३२