सूचनाको शक्ति - The Power Of Information

        

सरकारी निर्णयमा व्यवसायीको स्वागत, ‘विदा कटौती हाम्रै माग’

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौतीको लागि गरेको निर्ओय स्वागतयोग्य भएको भन्दै खुशी व्यक्ति गरेको छ ।
‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी विदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ,’ चेम्वर बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ । चेम्वरले बढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्वरले विदा कटौती गर्न सरकारसँग माग राख्दै आएको थियो ।
साथै चेम्वरले सार्वजनिक विदाहरुमा बैंक तथा वितीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएकोमा सुनवाइ भएको भन्दै खुसी व्यक्त गरेको हो । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले यसअघि बर्षमा १०४ दिन विदा रहेकोमा घटाएर ८९ विदाको निर्णय गरेको हो । यसले समग्र अर्थतन्त्रमा नै उत्पादकत्व वृद्धिको लागि सहयो पुग्ने चेम्वरले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १०:१३