सूचनाको शक्ति - The Power Of Information

        

२४ सै घण्टा विमानस्थल नखुल्ने कालोपत्रे नफेरिएसम्म

काठमाडौं । नयाँ पर्यटनमन्त्री र नयाँ सरकार आउने वित्तिकै पहिलो प्राथमिकता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार पर्ने गरेको छ। पछिल्लो दशकमा विमानस्थलको सुधारका लागि २४ घण्टा विमानस्थल सुधार गर्ने नयाँ पर्यटन मन्त्री आउने वित्तिकै हुने गरेको छ। तर, विमानस्थल विस्तार र सुधारको काम भने विगत आधा दशकदेखि चर्चामा रहे पनि गति लिन भने सकेको छैन्। यो खबर हामीले कारोबार दैनिकबाट लिएका हौ।
पछिल्ला प्रत्येक सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेत विमानस्थल २४ सै घण्टा खुलाउने घोषणा गरिएका छन्। तर, पूर्वाधार निर्माण हुन नसक्दा प्रत्येक घोषणा कागजमै मात्र सिमित भएका छन्। मन्त्रीको पछिल्लो प्राथमिता पूर्वाधार निर्माण हुनुपर्ने भए पनि २४ सै घन्टा विमानस्थल खोल्छु भनेर चर्चा बटुल्ने बाहेक अन्य उपलब्धी पछिल्लो ६ वर्षमा हुन सकेको छैन्। सन् २०१३ देखि विमानस्थल सुधारको काम सुरु भएको थियो। विमानस्थलको धावनमार्गको कालोपत्र ५० वर्षदेखि विस्थापित हुन सकेको छैन्। पुरानो कालोपत्रेका कारण पटक–पटक भत्किँदा उडान अवतरणमै समस्या हुँदै आएको छ। यस्तो अवस्थामा २४ सै घण्टा खुला गर्न समस्या हुने विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुर बताउँछन्।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार ०२:२७