सूचनाको शक्ति - The Power Of Information

        

सबै स्थानीय तहमा असार मसान्त भित्र  वाणिज्य बैंकको शाखा खोल्नु पर्ने, कस्को भागमा कति परे

काठमाडौं । चालु आर्थिक वर्षभित्र सबै स्थानीय तहमबा वाणिज्य बैंकका शाखा सञ्चालनमा आउने भएका छन्। यसअघि आवश्यक पुर्वाधार नभएको भन्दै वाणिज्य बैंकहरुले ११६ स्थानीय तहमा शाहा खोल्न आनाकानी गरेको बेला नेपाल राष्ट्र बैंकले बाध्यकारी निर्देशन दिएको हो।
२०७४/२०७५को मौद्रिक नीति अनुसार सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा नखोल्ले देखेपछि अनिवार्य खुलाउनको लागि २८ वाणिज्य बैंकलाई निर्देशन दिएको छ। बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यसअघि प्रतिवद्धता जनाएको स्थानीय तहमा वैशाख मसान्त भित्र र प्रतिवद्धता नआएका स्थानीय तहमा असार मसान्तभित्र शाखा खोल्नको लागि वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। यो निर्देशन अनुसार काम नगरेमा कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंक ऐन २०५८ बोमोजिम बैंकहरुलाई कारबाही हुनेछ।
यसअघि नेपाल बैंकर्ष संघ मार्फत आफूहरू नदोहोरिने गरी शाखा चाहे अनुसारका स्थानीय तहमा शाखा खोल्ने सुविधा राष्ट्र बैंकले दिएको थियो। तर यसबीचमा २५० स्थानीय तहमा शाखा खोल्ने प्रतिवद्धता वाणिज्य बैंकले प्रतिवद्धता जनाए पनि ११६ मा खोल्न नसक्ने राष्ट्र बैंकमा जानकारी गराएको थियो।

बुधबारको बैंठकले बैंकहरुको माग अनुसार सरकारलाई पूर्वधार र सुरक्षा दिनको लागि अनुरोध पनि गरेको छ। तर शाखा भने यसै आर्थिक वर्षभित्र अनिवार्य गरिएको छ।
राष्ट्र बैंकले २६ वाणिज्य बैंक मध्ये कुन बैंकले कुन स्थानीय तहमा शाखा खोल्ने भन्ने विषयमा स्थानीय तह र बैंकको नाम समेत तोकेको छ। बैंकहरुमा सबै भन्दा बढी शाखा खोल्नु पर्नेमा हिमालय बैंक र एसबिआइ बैंकलाई तोकिएको छ भने सबै भन्दा कम शाशखा खोल्ने स्थानीय तह ग्लोवल आर्इएमर्इ बैंक लगायतका छ बैंकलाई तोकिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार १४:१४