राष्ट्रपतिको सपथ अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट
।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारले दोस्रो कार्यकालको लागी प्रधानन्यायाधिशबाट लिएको पद तथा गोपनीयताको शपथविरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता भएको छ ।
राष्ट्रपतिको दोस्रो कार्यकालका लागि भण्डारीले साउनमा पदावधी सकिएको भनिएका प्रधानन्यायाधिस गोपाल पराजुलीबाट लिएको शपथ अवैधानिक भएको दाबी गर्दै अधिवक्ता नारायण खरेल र हेममणी सुवेदीले सर्वोच्चमा गएको चैत्र ४ गते दायर गरेको रिट यसअघि दरपीट भएको थियो ।
राष्ट्रपति भण्डारीलाई सपथ गराउने दिन फागुन २९ बिहानै न्यायपरिसदले पराजुलीको साउन २१ मै पदावधि सकिएको भन्दै पदमा नरहेको भनी पत्र पठाएको थियो । यद्यपि, राष्ट्रपति भण्डारीले सोही दिन सपथ लिएकी थिइन् ।
।