सूचनाको शक्ति - The Power Of Information

        

असारसम्म स्थानीय तहमा नजाने बैंकलाई कारवाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असारभित्र ३५९ स्थानीय तहमा शाखा सञ्चालनमा नल्याए कारवाही गर्ने भएको छ । निर्देशन अनुसार वाणिज्य बैंकहरुले बैशाखभित्रमा २४३ तहमा शाखा खोलिसक्नु पर्नेछ ।
त्यस्तै हाल जान समस्या देखाइरहेका ११६ तशमा असारभित्र शाखा सञ्चालनमा ल्याइसक्नु पर्ने निर्देशन राष्ट्र बैंकले दिएको हो । ‘११६ तहमा पनि धेरैले जाने प्रतिबद्धता गरिसकेका छन्, केहीमा इच्छुक देखिएका थिएनन, तर उनीहरु जानैपर्ने हुन्छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलले बताए ।
हाल ७५३ स्थानीय तहमध्ये ३५९ मा बैंकहरु गएका छैनन् । बैंकहरुले विद्युत, यातायात र इन्टरनेट सेवा नपुगेको भन्दै यी स्थानीय तहमा जान चाहिरहेका थिएनन् । तोकिएको स्थानमा नजाने बैंकलाई राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कुन बैंक कहा जानु पर्छ हेर्न राष्ट्र बैंकको यो लिङ्कमा जानुहोस् । 

 

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ११:४१