सूचनाको शक्ति - The Power Of Information

        

गोरखाको गमलडाँडा र ल्होमा टेलिकमको जिएसएम सेवा विस्तार

काठमाडौं । सरकारी स्वामित्वको रहेका दुरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको गमलडाँडा र ल्होरमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको जनाएको छ ।
चुमनुर्वी गाउँपालिको गमलाडाँडा र ल्होमा यही चैत्र ७ गते टावर स्थापना गरेकोमा बुधबारबाट सेवा विस्ता भएको जनाएको छ । गमलाडाडाँमा राखिएको बीटीएस टावरबाट लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिममा नेटवोर्कले काम गर्ने छ ।
त्यस्तै ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लिमा नेटवोर्क चल्ने नेपाल टेलिकमले जनाकारी गराएको छ । यसले नास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु समेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुनसक्ने र पर्यटकलाई हसज हुने टेलिकमबाट जारी विज्ञप्तिकमा उल्लेख गरिएको छ ।
सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएकोमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोवाइल सेवा पुर्याइएको छ । टेलिकमले ल्हो गाउँका ग्राहकका लागि ५ सयवटा सिम र गमलाडाँडाका ग्राहकका लागि ३५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गरेको समेत जानकारी गराएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ११:१८