दाङ । जिल्ला प्रहरी कार्यलय दाङ चितुवाको छालासहित एक जनालाई प्रक्राउ गरेको छ । अवैध दुर्लभ छाला ओसारपसार तथा विक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा घोराही उपमहानगरपालिका १७ चौघेरामा डेरा गरी बस्ने २० बर्षीय सुनिल सुनारलाई एक थान चितुवाको छाला र आठ वटा दातसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले आज कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्युठान स्वर्गद्वारी नगरपालिका ५ का सुनारलाई चितुवाको छाला, आठ थान दाँतसहित मंगलवार साझ पक्राउ गरी सार्वजनिक गरेको हो । प्रक्राउ गरेको छाला, दाँत र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाउन थालेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिएका छन् ।
पक्राउ गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्वाई र ४ फिट ३ इन्च चौडाई रहेको छ । पछिल्लो समय दाङलाई ट्राजिट बनाएर अवैध दुर्लभ बन्यजन्तुको छाला, हाड तस्करी बढेको पनि पत्रकार सम्मेलनमा जनकारी गराइएको थियो । अवैध कारोवार रोक्नका लागि प्रहरी सक्रियरुपमा लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिइन् ।
।