सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानका प्रधानमन्त्रीको अमेरिकामा ‘अपमान’

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले अमेरिका विमानस्थलमा नियमित सुरक्षा जाँच पूरा गर्नु परेको छ । यसबाट प्रधानमन्त्री अब्बासीको अपमान भएको प्रतिक्रिया आएको छ । उनी हालै मात्र एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए ।
त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग बोकेर नियमित सुरक्षा जाँच पूरा गरेको भिडियो सार्वजनिक भएको छ । सामान्यतया भीआईपीहरुलाई नियमित सुरक्षा जाँच प्रक्रिया पूरा गर्नु पर्दैन । अब्बासी पाकिस्तानी प्रधानमन्त्री हुन् । तर, उनलाई आम मानिसलाई जस्तै सुरक्षा जाँच गरेर अपमान गरेको प्रतिक्रिया पाकिस्तानमा पाइएको छ ।
भिडियो हेर्नुस् :

https://youtu.be/v5ltRVPCaFI

समाचारहरुमा जनाइए अनुसार परिवारको सदस्य विरामी भएपछि अमेरिका गएका अब्बासीले उपराष्ट्रपति माइक पेन्सलाई समेत भेटेका थिए । भेटमा पेन्सले आतंकवादी समूहविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । ट्रम्प प्रशासनले पाकिस्तान सरकारप्रति कडा रबैया अपनाउँदै आएको छ । डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग कटौती गरेको छ । आणविक हतियारको ब्यापार गरेको भन्दै अमेरिकाले सोमबार सात पाकिस्तानी कम्पनीमाथि प्रतिवन्ध लगाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०८:४१