काठमाडौं– बुधबार राजधानीको माइतीघरमा सडक विस्तारको विरोधमा प्रदर्शन गरिएको छ । ‘संयुक्त संघर्ष समिति’ ले गरेको प्रदर्शनकामा सरकारले गैरन्यायिक ढंगले सडक विस्तार गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिका १२ का शैलेश शाक्यले काठमाडौं बाहिरका मान्छे राख्न बस्ती उजाड बनाउन खोजिएको आरोप लगाए । ‘अव्यवस्थित रुपमा बाहिरको मान्छे राख्न घर भत्काउने र आफ्नो जग्गा मासेर सडक चौडा बनाउने र बाहिरको मान्छे ल्याएर फुटपाथमा व्यापार गर्न दिने खालको सरकारको रबैया सैह्य नहुने बताए ।
मुअब्जाको दिँदैमा मनपरी गर्न नपाइने भन्दै भोलि मुअब्जा दिन्छु कमाठमाडौं छाड् भनेर सरकारले भन्यो भने के गर्ने भन्दै आक्रोश व्यक्त गरे । सो क्रममा काठमाडौं–नीजगढ दूतमार्ग निर्माणको विरोधमा रहेका ललितपुरको खोकनाका पीडितको पनि सहभागिता रहेको थियो । परम्परागत, सांस्कृतिक धरोहरलाई भत्काएर विकासका नाममा आफूहरुलाई लखेट्न खोजिएको स्थानीय सानुकाजी महर्जनले बताए । सडक विस्तार र निर्माणको नाममा बिचल्ली बनाउन लागिएको समेत आरोप लगाए ।
।